Logo

मौद्रिक नीति: सन् २०२३ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने अनुमान



काठमाडौं,७ साउन । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति अनुसार अन्तराष्ट्रिय मुद्रा कोषले उक्त प्रक्षेपण गरेको जनाएको छ ।आज विहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

मुद्रा कोषको प्रक्षेपण अनुसार सन् २०२२ मा ३.४ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन्२०२३ मा २.८ प्रतिशतले र सन २०२४ मा ३.० प्रतिशतले विस्तार हुने देखिएको छ ।

विकसित अर्थतन्त्र भने सन्२०२२ मा २.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.३ प्रतिशतले र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र सन्२०२२ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन्२०२३ मा ३.९ प्रतिशतले र सन्२०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ ।



प्रतिक्रिया दिनुहोस्