Logo

एउटै गर्भबाट जन्मेका वामपन्थी दलहरुले अलग अलग चुलोचौको गरेर सानातिना ताउली बसाल्नु जरुरी छैन : माओवादी नेता



काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता युआन च्या च्युनसँग दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको बताएका छन् ।
‘चिनियाँ नेता च्युन श्रीलंका आउँदा यता हाम्रा शीर्ष नेताहरुलाई भेट्न आउनुभएको हो । उहाँले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का मात्र होइन, जुम मिटिङमा हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि कुराकानी गर्नुभयो । पार्टी टु पार्टी सम्बन्धलाई निरन्तर व्यवस्थित गर्ने र अनुभव आदानप्रदान गर्ने कुरा भए,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता शर्माले कम्युनिस्ट एकतामा चीनको शुभेच्छा रहनु स्वाभाविक भएको पनि औंल्याए । उनले भने, ‘मित्रशक्तिले शुभेच्छा राख्नु अन्यथा होइन । तर कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने विदेशीले होइन । मिल्ने र फुट्ने हाम्रै सुझबुझ र समझदारीमा निर्भर हुन्छ । चिनियाँ नेताको भ्रमणमा त्यो एजेन्डा थिएन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे सरकारले कार्यक्रम बनाइरहेको पनि शर्माले बताए ।
बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकता गरेर नेकपा (समाजवादी) बनाउन खोज्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘एकताको कुरा पहिलेदेखि नै चलिरहेको हो । बाबुरामनी समाजवादी मोर्चामा आउनुपथ्र्यो, आउनुभएन । राजनीतिमा सम्भव कुरा असम्भव हुन्छ, असम्भव कुरा सम्भव पनि हुन्छ । एउर्ट गर्भबाट जन्मेका दलहरु अलग अलग चुलोचौको गरेर सानातिना ताउली बसाल्नुपर्ने आवश्यकता छैन । बाबुरामजीलाई एकताबद्ध गर्ने हाम्रो सोच छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot