काठमाडौं,८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् ।
प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले आफुले बजेटमार्फत गरेको उक्त व्यवस्थाले सुन समात्न सफल भएको बताएका हुन् ।
उनले भने‘भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो,।




प्रतिक्रिया