Logo

सय किलो सुन समातिएको जस लिने होडमा अर्थमन्त्री महत



काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार–पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् ।

प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले आफुले बजेटमार्फत गरेको उक्त व्यवस्थाले सुन समात्न सफल भएको बताएका हुन् ।

उनले भने‘ ‘भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु । सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो । मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो।’



प्रतिक्रिया दिनुहोस्