Logo

विपद् प्रभावित किसानलाई राहत



बाग्मती, ९ साउन । बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई  एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो ।

राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । राहत वितरणका लागि मन्त्रालयले  २०७९ साल मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गरी विपद्बाट प्रभावित किसानलाई निवेदन दिन आग्रह गरेको थियो ।

निवेदन पेस भएकामध्येबाट छनोट भएका ४१ किसानलाई उक्त राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए । विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, कृषि ज्ञान केन्द्रलगायत सम्बन्धित निकायको सिफारिस र प्रमाणका आधारमा  किसानलाई राहत वितरण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्