Logo

एमाले संसद्को स्वीकारोक्तिः ‘३३ किलो सुन कहाँ गयो थाहा भएन’



काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले २०७४ साल माघ ९ विमानस्थलबाट भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने आजसम्म थाहा नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा दोषी पक्राउ परेर जेलमा भएपनि आजसम्म सुन कहाँ गयो थाहा नभएको बताएका हु्न् ।

‘आज तस्करहरुका लागि नेपाल लुटको स्वर्ग भइरहेको छ । हामीलाई लागेको थियो २०७४ साल माघको ९ गते ३३ किलो सुन नेपालमा भित्रिएको थियो भित्रिएको सुन कहाँ गयो थाहा भएन,’– उनले भने ।

३३ किलो सुन प्रकरणका दोषीलाई ओली नेतृत्वको सरकारले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएपछि कमी आएको सुन तस्करीमा पछिल्लो एक वर्षदेखि वृद्धि भइरहेको उनले बताए । उनले पछिल्लो एक वर्षदेखि विमानस्थलभित्रको सुरक्षा व्यवस्था अत्यन्त कमजोर बनाएर क्वीन्टल, क्वीन्टल सुन देशभित्र छिराउने काम भइरहेको आरोप लगाए । File photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot