Logo

ललिता निवास प्रकरण: थुनामा रहेका पोखरेललाई छाड्न सर्वोच्चद्धारा अस्वीकार



काठमाडौं,१० साउन । सर्वोच्च अदालतले तत्कालिन समरजंङ कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जोडिएपछि प्रहरीको हिरासतमा रहेका पोखरेलको तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्येक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र अनिलकुमार सिन्हाको संयुक्त इजालसले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

पोखरेलको तर्फबाट चञ्चला पोखरेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको रिट खारेज गरेको हो ।

ललिता निवासको जग्गा प्रकरणमा जोडिएपछि पोखरेल हाल प्रहरीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्