Logo

ज्यानकै बाजी राखेर बच्चाको उद्धार गरेका चौरासियालाई कोरियन बाबुको इनाम, नेपालको अनाथालयलाई दिने घोषणा



काठमाडौं, ११ साउन । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका रौतहटका अवधेशराज चौरासियालाई एक कोरियन नागरिकले ५ लाख ८५ हजार वन पुरस्कार दिएका छन् । ती कोरियन नागरिकको बच्चा बाटो काट्ने क्रममा दुर्घटनाबाट आफ्नै ज्यानको बाजी राखेर जोगाएका चौरासियालाई उनले इनाम स्वरुप उक्त रकम दिएका हुन् ।

आफूले उक्त रकम लिन नमाने पनि धेरै ती कोरियन नागरिकले धेरै कर गरेकाले लिएको उनले बताए । चौरासियाले उक्त रकम नेपालको अनाथलयलाई दिने बताएका छन् । बच्चा उद्दारका क्रममा आफूलाई भने चोट पटक लागेको चौरासियाले बताए ।

‘म हवासङग्को नोग्दोम्बोमा कामले आएको थिए । उक्त ठाउँमा जेबराक्रोस थियो । त्यो जेबराक्रोसमा मसँगै बसेको आजुसीको बच्चाले लाइट नहेरी बाटो काट्ने कोशिस गरेको थियो । एकासी कार आयो । मैले बच्चालाई आफ्नो ज्यानको बाजी राखेर तान्न सफल भएँ । बच्चालाई २ सकेन्डको अन्तरालमा दुर्घटनाबाट जोगाएँ । आफ्नै ज्यानको बाजी राखेर बच्चाको उद्धार गरेपछि कोरियन बुवाले ५ लाख ८५ हजार वन पुरस्कार दिए । उक्त पुरस्कार मैले लिन मानेको थिईँन । उनले धेरै अनुरोध गरेपछि मैले लिएँ । यो पैसा नेपालको अनाथलयलाई दिने निर्णय गरेको छु,’– रिपोर्टर्स नेपालसँगको संवादमा चौरासियाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot