कांग्रेसपछि माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने


काठमाडौं,१५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसअघि गत साउन २ देखि बसेको नेपाली कांग्रेसको बैठकमा पनि सामाजिक सञ्जालमार्फत लाइभ गरिएको थियो ।