Logo

अपराधीहरुलाई उन्मुक्ति दिने र प्रमाण नष्ट गर्ने उद्देश्यले एमालेले छानविन समितिको माग गर्योः राजन दाहाल



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) सुन तस्करी प्रकरणमा अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यले एमालेले छानविन समितिको माग गरेको आरोप लगाएका छन् ।

आज (मंगलबार) संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेको नियतमाथि शंका रहेको बताउँदै सरकार छानविन समिति बनाउन तर्फ लाग्न नहुने बताए ।

‘छानबिन समिति बनाएर लामो समय लम्ब्याउने र अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यसहित नेकपा (एमाले) ले छानबिन समिति बनाउने भनेको हो,’– उनले भने ।

सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित एमालेले छानविन समितिको माग राखेको उनको आरोप छ । । सुन तस्करीमा पार्टीको मान्छे परे भने बचाउने उद्देश्यले एमालेले छानविन समितिको माग राखेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot