Logo

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश



काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमकाबीच नव प्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेका यादव माओवादी केन्द्रबाट निलम्बनमा परेका केन्द्रीय सदस्य हुन । गएको आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर-४ को (क) बाट बागी उम्मेदारी दिएपछि उनलाई गत कार्तिक १२ गते माओवाी केन्द्रले पार्टीबाट निलम्बन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot