Logo

पूर्व मुख्यमन्त्री हिक्मतको आक्रोशः कोशी सरकार ‘निर्लज्जताको पराकाष्ठा, अधिनायकवादतर्फको यात्रा’



काठमाडौं,१७ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोह वहिष्कार गरेका छन् ।

मुख्यमन्त्री थापाले शपथग्रहण समारोहमा उपस्थित हुन प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थापालाई निवर्तमान मुख्यमन्त्रीको रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।

शपथ समारोहमा उनलाई पूर्वमुख्यमन्त्रीको रुपमा मात्र छुट्टै सिट तल व्यवस्थापन गरिएको थियो । निवर्तमान मुख्यमन्त्रीको रुपमा सिट व्यवस्थापन गरेर शपथपछि उक्त सिट नयाँ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने प्रचनललाई पालना नभएकोमा कार्कीको असन्तुष्ट रहँदै समारोह बहिष्कार गरेर बाहिरिएका थिए ।

सर्वोच्चको फैसलाले थापाको यसअघिको नियुक्ति असंबैधानिक भनेपछि निवर्तमान मुख्यमन्त्री आँफै भएको कार्कीको जिकिर छ ।

मुखयमन्त्री थापाको शपथग्रहण समारोह बहिष्कार गरेका कार्कीले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन् ‘‘निर्लज्जताको पराकाष्ठा, अधिनायकवादतर्फको यात्रा-आज कोसी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन् । यस घटनाबाट संविधानको सर्वोच्चता,कानुनी राजको उपहासमात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन्,’।



प्रतिक्रिया दिनुहोस्

Screenshot