Logo

अस्पतालको अनुगमनमा निस्किए स्वास्थ्मन्त्री बस्नेत



काठमाडौं, १८ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत काठमाडौं उपत्यकामा रहेका अस्पतालहरुको अनुगमनमा निस्किएका छन् । उनले अस्पतालको सेवा सुविधा लगायतका विषयमा अस्पताल प्रशासन र विरामीसँग प्रतिक्रिया लिएका छन् ।

राज्यले व्यवस्था गरेका मापदण्ड र सुविधा अस्पतालमा रहे नरहेको बारे बुझ्न उनी स्वयम् अनुगमन टोलीसँगै गएका हुन् । स्वास्थ्यमन्त्री बस्नेतले यस अघि पनि स्वास्थ्य क्षेत्रमा सबैको बहुँच पुगोस् भन्ने हेतुले विभिन्न काम गर्दै आएका छन् ।

अस्पतालको बेड, सौचालय, क्यान्टिन लगायतको अवस्थाका बारेमा उनले जानकारी लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot