काठमाडौं, साउन १९ । प्रतिनिधि सभा सांसद डा.सुनिलकुमार शर्माले सुन तस्करीको बिषयमा आफ्नो नाम जोडेर जनमानसमा भ्रम फैलाउने, चरित्रहत्या गर्ने र पुर्बाग्रही ढङ्गले मानमर्दन गर्ने प्रयास भएको बताएका छन् ।
सुन तस्करीको बिषयमा विभिन्न सञ्चार माध्ययहरुमा सम्प्रेसित समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सांसद शर्माको नीजि सचिवालयद्वारा जारी विज्ञप्तिमा पुर्व निर्धारित कार्यक्रम अनुसार उहाँ विहिबार ८ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्ष प्रयोग गरि दुबई प्रस्थान गरेको विषयलाई गोलमटोल गरि भ्रम फैलाउन खोजेकाले उक्त समाचारहरु तथ्यहिन, कपोलकल्पित र भ्रामक रहेको प्रष्ट पारिएको छ ।
जारी विज्ञप्तिमार्फत राज्यको जिम्मेवार हैसियतमा रहेर जनताको निम्ति निस्वार्थ भावनाले कार्य गर्दैरहेको जनप्रतिनिधिको मानमर्दन गर्न प्रयासरत दुराचारीहरुलाई राज्यबाट शिघ्र कार्वाहीको माग समेत गरिएको छ ।
यस्तो छ सार्वजनिक विज्ञप्ति




प्रतिक्रिया