Logo

संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले पनि जवाफ दिनुपर्छ : महामन्त्री शर्मा



काठमाडौं, १९ श्रावण । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन्।

उनले आजको बैठकमा हामी छलफल गर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गलत कुरा नभएको बताए।

उनले भने, ‘प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने? त्यसकारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद खुल्नुपर्छ। त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले पनि जवाफ दिनुपर्छ। यहाँ पनि बोलाउने अधिकार छ। नबोलाउने कुरै छैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot