Logo

सिन्धुपाल्चोकमा समाजवादी पसल रित्तियोः गोकुल बास्कोटा



काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले सिन्धुपाल्चोकमा एमाले एक भएको बताएका छन् । चौतारामा आयोजित कार्यक्रमबाट नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज सुवास कर्मचार्यसहित एक सय ३७ जना नेकपा (एस) का नेता तथा कार्यकर्ता एमालेमा समाहित भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘फाईनल्ली सिन्धुपाल्चोकमा एमाले एक भयो। समाजवादी पसलका सबै जसो पिल्लर एमालेमै समाहित बचेखुचेका साथीहरु क्रमशःआउने अपेक्षा छ। सुभाष कर्माचार्य लगायतका साथीहरुलाई बधाई,’– बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

आज पार्टी महासचिव शंकर पोखरेल, नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायतले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

नेकपा (एस) का केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ पनि एमालेमै फर्किएका छन् भने प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल पनि एमालेमै फर्किएका छन् ।

प्रदेश कमिटिका उपसचिव रविकुमार भण्डारी पनि नेकपा (एस) परित्याग गरी एमालेमै फर्किए । पछिल्लो समय नेकपा (एस) परित्या गरी एमालेमै फर्किनेको होड चलिरहेको छ । देशैभरबाट पुरानै पार्टी (एमाले) मा फर्किरहेकाहरुले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताउँदै आएका छन् ।

पछिल्लो समय नेकपा (एस) की सचिव रामकुमारी झाँक्रीले पनि एमालेमै फर्किन लविङ गरिरहेको बुझिएको छ । उनी निटक स्रोतका अनुसार अहिले पार्टी अध्यक्ष माधव नेपाल र सचिव झाँक्रीबीच बोलचाल नै बन्द छ । स्रोतका अनुसार समाजवादीका नेता प्रेम आले र अध्यक्ष नेपालबीच पनि खटपट सुरु भएको छ । नेता आलेले पनि एमालेमा फर्किन लविङ गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot