Logo

आगामी दुई वर्षभित्र मध्यावधि निर्वाचन हुने पूर्व सचिव उपाध्यायको दाबी



काठमाडौं, २१ साउन । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले ०८४ अगाडि नै निर्वाचन हुने दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालसँग संवाद गर्दै उनले आगामी दुई वर्षभित्र मध्यावधि निर्वाचन हुने दाबी गरेका हुन् ।

‘०८४ भन्दा अगाडि चुनाव हुन्छ । मैले धेरै पटक भनेको छु । मलाई लाग्छ अबको दुई वर्षभित्रमा चुनाव हुन्छ । किनकी धेरै क्राइसिस् छ । संसद् चलिरहेको छैन । यस्तो संसद् नचलिरहने हो भने यसको नतिजा चुनावमा जाउ भनेको हो । संसद् नै नचल्ने भएपछि यी सांसदहरु नै फलियर हुने हो नि ।’ उनले भने, ‘त्यो संसद्ले काम गर्दैन भने अध्यायदेशले काम चलाउँदै हिँड्ने हो भने सांसदहरुले काम गर्न सकेनन् भन्ने सन्देश जान्छ । अर्को कुरा सत्ता पक्षभित्र पनि धेरै संका उपसंका देखिन्छ । चुनावमा नगई सुखै छैन ।’

उनले केपी ओली, शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले काम गर्न नसकेको कारण आलोचना भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot