Logo

लम्पी स्किनलाई सरकारले ‘महामारी’ घोषणा गर्नुपर्छ : अध्यक्ष यादव



बखतियार अलि
सर्लाही, साउन २२ । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई सरकारले ‘महामारी’ घोषणा गर्नुपर्ने बताएका छन् । रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि अध्यक्ष यादवले सुझाव दिए ।

रामनगर गाउँपालिकामा आफूले यो रोग फैलिन नदिन पालिकाका सातै वडाहरूमा ७ हजार पशुलाई भ्याकसिन लगाउने लक्ष्य रहेकोमा ५ हजार पशुलाई भ्याकसिन लगाई सकिएको छ । बाँकि २ हजार पशुलाई समेत भ्याकसिन लगाउने कार्य दुरुत गतिमा भईरहेको अध्यक्ष यादवले जनाए। नेपाल सरकारले पठाएको भ्याकसिन अपुग भएपछि पालिकाले आफ्नै बजेटबाट भ्याकसिन लगाउने कार्य गरि रहेको गा.पा. अध्यक्ष यादवले उल्लेख गरे।

अध्यक्ष यादवको भनाई अनुसार हालसम्म ‘लम्पी स्किन रोगका कारण देश भरमा ५० हजार पशु मरि सकेका छन । जसले गर्दा कृषकलाई करिब रु ४० अर्बको क्षति भइसकेको वहाले बताए । अध्यक्ष यादवले थपदै भने सर्लाही जिल्ला धानवालीका लागि पकेट क्षेत्रको रूपमा चिनिन्छ तर किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, र सिचाइको उचित प्रबन्ध नहुदा किसानहरू सास्ती भोगि रहेको वहाले बताए ।

सरकारको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भएका छन् । त्यसै गरी यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको तथ्याङ्कमा उल्लेख छ । यत्रो संख्यामा पशु धन संक्रमित भएकोले सरकारले तुरुन्तै ‘लम्पी स्किन’ रोगलाई ‘महामारी’ घोषणा गरि किसानलाई अनुदान दिनुपर्ने अध्यक्ष यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्