संसद अवरोध : बानेश्वरमा पनि मिलेन नेताहरूको कुरो, संसद भोलि ३ बजेसम्मका लागि स्थगित्


काठमाडौं, २२ श्रावण । शीर्ष नेताहरूबीच संसद अवरोध खुलाउने सहमति नहुँदा संसद बैठक भोलिसम्मका लागि स्थगित् भएको छ।

सोमबार दुई चरणको वार्ता हुँदापनि संसद अवरोध खुलाउने कुनै ठोस सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित् भएको हो।

एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।