Logo

यो व्यवस्था राम्रो हो भन्नेले मन्दिरमा चढाएको सुनसमेत छोडेनन्ः आहुती



काठमाडौं, २३ साउन । वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले अहिलेको व्यवस्थाको चरित्र नै भ्रष्ट रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको समृद्धिका लागि यो व्यवस्था परिवर्तन एकमात्रै विकल्प भएको बताए ।

अहिलेको एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले व्यवस्था बदनाम नहोस् भनेर भरियालाई पक्राउ गरेको उनको टिप्पणी छ । यो व्यवस्थाले भ्रष्ट प्रवृत्तिलाई हल गर्न नसक्ने उनको दाबी छ ।

‘यो व्यवस्थाको चरित्र र संरचना यस्तो छ कि यसले भ्रष्टाचार अनिवार्य बनाइदिन्छ । भ्रष्टहरु अनिवार्य रुपमा यसले जन्माउँछ,’– उनले भने ।

अहिलेको व्यवस्था जनताले ल्याएको भएपनि यसलाई दलालहरुले कब्जा गरेको उनको टिप्पणी छ । अहिलेको व्यवस्थाको नेतृत्वकताआफैं दलाल पुँजिपती रहेको उनको आरोप छ ।

उनले अहिलेको व्यवस्थामा व्यवस्थामा भ्रष्टाचार अन्त्य सम्भव नरहेको बताए । यो व्यवस्था उत्कृष्ट हो भनेर नारा लगाउन परेपनि अहिले देशका ८० लाख युवा खान लगाउन नपाएर विदेशिन परेको उनले बताए । यो व्यवस्था उत्कृष्ट हो भन्नेहरुले मन्दिरमा चढाएको सुनसमेत नछोडेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot