Logo

ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन : सभापति लामिछाने



काठमाडौं, २४ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च तहको संलग्नता रहेको बताएका छन्।

बुधबार संघीय संसद परिसरमा बोल्दै सभापति लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च तहको संलग्नता रहेको बताएका हुन्।

उनले भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन। यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot