Logo

ओलीको प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी ?



काठमाडौं, २६ श्रावण । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणको विरोध गरेका छन्।

शुक्रबार पुरूष परीक्षा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पक्राउ परेका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी किन लगाएको भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी। दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्। अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई। दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ।’



प्रतिक्रिया दिनुहोस्