Logo

शंकर पोखरेलको दाबी : राज्यको माथिल्लो निकायको संलग्नताबिना यति ठूलो पैमानामा सुन तस्करी हुन सक्दैन



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उच्चस्तरीय छानबिन समितिको मागलाई उपेक्षा गर्नु नै संसद् अवरोधको कारण भएको स्पष्ट पारेका छन् । उनले राज्यको माथिल्लो निकायको संलग्नताबिना यति ठूलो पैमानामा सुन तस्करी हुन नसक्ने कुरा सबैले बुझेको टिप्पणी गरेका छन् ।

उनले विगतमा संसदीय छानबिनलाई गठबन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय छानबिनप्रति जनताको विश्वास र भरोसा टुटेको अवस्था रहेको बताएका छन् । उनले लेखेका छन्-

सबैले बुझ्नु पर्दछ कि- उच्चस्तरिय छानविन समिति गठनगर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारण हो। राज्यको मथिल्लो निकायको संलग्नता विना यति ठुलो पैमानामा सुनतस्करी हुनसक्तैन भन्ने कुरा जो कोहीले पनि वुझ्न सक्ने कुरा हो ।
राजश्व प्रशासन र सुरक्षा निकायको स्पष्ट कमजोरी देखिनेकुराको छानविन उनीहरुवाट नै गराउछौ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्याउने कुरा हो ।

विगतमा संसदीय छानविनलाई गठवन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय छानविन प्रति जनताको विश्वास र भरोसा टुटेको अवस्था छ । त्यसैले राज्यको सुरक्षा प्रणाली प्रतिनै अनास्था र अविश्वास पैदागर्न पुगेको सुन तस्करीको छानविनका लागि नेकपा(एमाले) उच्चस्तरिय न्यायिक छानविन समितिको माग गरेको हो ।

अव यो माग नेकपा (एमाले)को मात्र माग रहेन । सत्ता गठवन्धनमा रहेका माननीयहरुको समेत माग बन्न पुगेको छ ।
आशंकाको घेरामा रहेको सरकारका निकायवाट गरिने छानविनवाट यति गम्भीर समस्याको समाधान निकाल्न सम्भब छैन ।
सबैले बुझ्नु पर्दछ कि- उच्चस्तरिय छानविन आयोग गठन भएका कारणवाट नै राजनीतिक संलग्नतामा भएको ललिता निवास प्रकरण बाहिर आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot