Logo

फेरिए चार जिल्लाका सीडीओ (सूचीसहित)



काठमाडौं, ३० साउन । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

गृह मन्त्रालयले मंगलबार ४ जिल्लाका सीडीओहरू फेरेको हो।

यसरी फेरिनेमा चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरू रहेका छन्।

चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ भने नुवाकोटका सीडीओ किरण थापालाई सप्तरी पठाइएको छ। यस्तै सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन पठाइएको छ।

धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छभने कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ मा पठाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot