Logo

क्रिकेटर सन्दीप लामिछाने जन्मस्थान स्याङ्जाको आरूचौर पुगे



काठमाडौं, ३१ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आफ्नो जन्मजिल्ला स्याङ्जा पुगेका छन् ।

उनले आफू जन्मस्थान स्याङ्जाको आरूचौर पुगेको जनाएका छन् । उनी हालै क्यानडामा क्रिकेट खेलेर नेपाल फर्किएका हुन् । काठमाडौंको छोटो बसाईपनि उनी जन्मस्थान् पुगेका हुन् । उनको परिवार भने हाल चितवनमा बस्छ ।

लामिछाने पछिल्लो समय एक नाबालिगलाई बलात्कार गरेको मुद्दा खेपिरहेका छन् । लामो समयदेखि चलिरहेको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा भोलि अन्तिम सुनुवाई हुने बताइएको छ । गत सालको भदौदेखि उक्त मुद्दा खेपिरहेका लामिछाने अर्को हप्ता एसिया कप खेल्न श्रीलंका जाने तयारीमा छन् ।

गौसला २६ नाम गरेकी एक किशोरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरेपनि निक्कै नै कष्टपूर्ण जीवन झेलिरहेका लामिछानेले यसबीचमा धेरैवटा अवसर गुमाइसकेका छन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछाने नेपाली टिमका लागि सबैभन्दा महत्वपूर्ण खेलाडि हुन् । उनकै जादुपूर्ण प्रदर्शनका कारण नेपाललाई गत एक वर्षको अवधिमा क्रिकेटमा निक्कै ठूलो फड्को मारेको छ । उनी हालैपनि क्यानडा प्रिमियर लिग खेलेर फर्किएका हुन् । उक्त लिगमा लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका थिए । लामिछानेको उत्कृष्ट प्रर्दशनको बाबजुद टिम भने लिगमा दोस्रो भएको थियो ।

सन्दीप निकट उच्च स्रोतका अनुसार भोलि उक्त मुद्दामा पूर्ण सुनवाइ नभए र फैसला नआएमा उनी एसिया कप खेल्न नजाने मनस्थितिमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot