Logo

शिक्षामा निजीकरण अन्त्य हुनुपर्ने मागसहित प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३१ साउन । संयुक्त विद्यार्थी संगठनले शिक्षामा निजीकरण अन्त्य हुनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आज (बुधबार) माईतीघरमा विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सिठी बजाएर विरोध जनाएका थिए ।

विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य हुनुपर्ने, खुल्ला प्रतिस्पर्धाको आधारमा कूलपतिदेखि क्याम्पस प्रमुखको नियुक्ति हुनुपर्ने लगायतका माग विद्यार्थी संगठनको रहेको छ ।

उनीहरुले ‘वीई आर अ स्टुडेन्ट, नट अ कस्टुमर, शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर, सबै विद्यार्थी विदेशतिर विश्वविद्यालयमा दलीय भागबन्डा कहिलेसम्म’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot