Logo

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ



काठमाडौं,३१ साउन । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ गरेको हो। सिरिजअघि नेपाली टोलीले ५ अभ्यास खेल खेल्नेछ।

छनोटअघि नेपालले घरेलु टोली मलेसिया,कुवेत र हङकङसँग टी-२० आई सिरिज खेल्नेछ।

नेपालले भदौ ५ गते हङकङ ६ गते कुवेत र ८ गते मलेसियासँग खेल्ने तालिका छ।

चार देशबीच शीर्ष २ मा रहन सके नेपालले भदौ ९ गते फाइनल खेल्नेछ। पुछारका अन्य दुई टोलीले सोही दिन तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्।

यो सिरिजपछि नेपाली टोलीले भदौ ११ गते थाइल्याण्डसँग अभ्यास खेल्नेछ।
एसिया क्षेत्र छनोट भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

नेपालले पहिलो खेलमा भदौ १४ गते मलेसियासँग खेल्नेछ। १५ गते बहराइन, १७ गते भुटान, १८ गते कतार र २० गते यूएईसँग खेल्ने तालिका छ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते हुनेछ। फाइनल खेल २३ गते हुनेछ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

एसिया क्षेत्र छनोटका लागि रुविना क्षत्रीको कप्तानीमा तिन नयाँ खेलाडीलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा भइसकेको छ।

तस्बिर स्रोतः नेपाल क्रिकेट संघ (क्यान) 



प्रतिक्रिया दिनुहोस्

Screenshot