Logo

रवीन्द्र मिश्र किन छक्क परे ?



काठमाडौं, १ भदौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफूले गरेको तीन वटा सर्भेमा अग्रगमनको पक्षमा व्यापक भोट आउला भन्ने अपेक्षाविपरित हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पूनस्थापनाको पक्षमा भोट आएको बताएका छन् । उनले यसले आफू छक्क परेको पनि तर्क गरेका छन् । छक्क पर्नुको कारण चाहीा ट्विटरमा सर्भे गरिएको र टिव्टर चलाउनेहरु धेरैजसो अग्रगामी नै हुन्छन भन्ने धारणा रहेको सुनाए ।

उनले फेशबुकमा लेखेका छन्-

म छक्क छु!
हिजो साँझ ६ बजेतिर ट्विटरमा प्रकाशित गरेको ३ वटा सर्भेमा “अग्रगमन”को पक्षमा व्यापक भोट आउनेछ भन्ने ठानेको थिएँ। किनभने, ट्विटर चलाउनेहरू धेरैजसो अग्रगामी नै हुन्छन् भन्ने धारणा छ।

तर समग्रमा हेर्दा मेरो अपेक्षाभन्दा ठिक विपरित हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापना तथा संघीयता खारेजीको पक्षमा अर्थात “पश्चगमन” को पक्षमा अत्यधिक भोट आएको देखियो। फेसबुकमा त ट्विटरमा भन्दा पनि बढी छ। तीनवटा सर्भेमा फेसबुक र ट्विटर दुबै गरेर अहिलेसम्म झण्डै ४० हजारले भोट गरेका छन्।

पश्चगामी भनेर निर्माण गरिएको गलत भाष्य तिब्र गतिमा फुट्दैछ। म पश्चगामी हुनाले सर्भे पनि त्यही पक्षमा गयो भन्ने कसैलाई लाग्छ भने घनघोर अग्रगामीहरूबाट त्यही प्रकृतिको सर्भे गरे, हामी सबै लाभान्वित हुने थियौँ। लाग्दैछ, डुब्न लागेको सूर्यलाई हत्केलाले रोक्न खोजेर रोकिँदैन!
एउटै चिन्ता भनेको, आम नागरिकको स्वस्फूर्त भावना, भोटमा रूपान्तरण हुन सकेको छैन। किन होला? यो प्रश्नको तपाईंसँग उत्तर छ भने कृपया टिप्पणी गर्नुहोला। भोट गर्ने समय चाहिँ अझै बाँकि छ। #विचारभन्दामाथिदेश (#NationAboveNotion) ले आकार लिँदैछ!



प्रतिक्रिया दिनुहोस्

Screenshot