Logo

जनताले निःशुल्क उपचार नपाएसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च लिन्नः मन्त्री गुरुङ



काठमाडौं, १ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यकोषबाट उपचार खर्च नलिने बताएका छन् ।

आज (शुक्रबार) कांग्रेस निकट निजामति कर्मचारीहरुको भेलालाई सम्बोधन गर्दै उनले गरिब जनताले निःशुल्क उपचार नपाएसम्म राज्यकोषबाट उपचार खर्च नलिने बताएका हुन् ।

मुलुक सुधारका लागि पहिला आफैं सुध्रिन आवश्यक रहेको उनको भनाई थियो । मुलुकलाई भ्रष्टाचार मुक्त बनाउने टिप्पणी उठाउनेको हातमामात्रै हत्कडी लगाएर सम्भव नरहेको उनको भनाई छ ।

भ्रष्टाचार प्रकरणमा आदेश दिने र निर्णयकर्तालाई पनि कारबाही हुनपर्ने उनको भनाई थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot