Logo

संसद् खुलाउने निकाय सरकार हो, गठबन्धनमा निर्णय गरेर प्रतिपक्षसँग पंगा लिने होइन : एमाले



काठमाडौं, २ भदौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् खुलाउने निकाय सरकार भएको दाबी गरेको छ।

एमाले प्रमखु सचेतक महेश बर्तौलाले शनिबार रूपन्देहीमा बोल्दै संसद् खुलाउने निकाय सरकार भएको र गठबन्धनमा निर्णय गरेर प्रतिपक्षसँग पंगा नलिन आग्रह गरेका हुन्।

उनले भने, ‘संसद् अवरोध खुलाउने निकाय सरकार हो। यसको पहलकदमी लिनुपर्छ। गठबन्धनमा निर्णय गरेर प्रतिपक्षसित पंगा लिने होइन। संसद्‍मा आएर उठेका प्रश्नको जवाफ दिनुपर्छ। संसद् खुल्छ।’

यस्तै, उनले सांसदले उठाएका मागको जवाफ दिनुको साटो सरकार गैरजिम्मेवार बनेको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot