Logo

नत हामी ठिक भयौँ, न काम गर्ने शैली : नेता कोइराला



काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरूको काम गर्ने शैली ठिक नभएको टिप्पणी गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नेताहरूको काम गर्ने शैली ठिक नभएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ। कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ।’

यस्तै, उनले न नेताहरू राम्रो भएको न काम गर्नै शैली राम्रो भएको बताउँदै भने,‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot