Logo

प्रतिनिधि सभा बैठक बस्दैनबसी स्थगित



काठमाडौं, ३ भदौ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संसद् गतिरोध अन्त्य गर्ने विषयमा एमालेसँग सहमति नजुटेसँग भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै नेकपा (एमाले) ले तीन हप्तादेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेको माग बमोजिम सरकार छानविन समिति बनाउन तयार छैन । संसद् गतिरोध अन्त्यका विषयमा विभिन्न ढंगबाट छलफल भइरहेपछि सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमतिको विन्दु फेलापर्न सकेको छैन ।

संसद् गतिरोध अन्त्यका लागि आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । उक्त छलफल पनि निष्कर्षविहीन बनेको थियो । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग छलफल गरी संसद् गतिरोध अन्त्य गर्न चाहे पनि उक्त प्रयास पनि असफल भएको छ ।

अब अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने कार्यतालिका रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot