Logo

संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?



काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो ।

सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, सत्ता गठबन्धनले भने उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिराखेकोले अर्को समिति बनाउन आवश्यक नरहेको स्पष्ट पारेको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, रास्वपाका नेता सन्तोष परियारलगायतको उपस्थिति रहेको छ ।

तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot