एमाले अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता


काठमाडौं, ५ भदौ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राजदूत थम्पसन आज (मंगलबार) बिहान ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।