बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


काठमाडौं, भदौ ७ । नेपाली बजारमा विहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ ।