एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज यूएई जाँदै


काठमाडौं, भदौ १० । एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आजराति युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदै छ।

युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भदै ११ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी हुन ८ सदस्य टोली आजराति ८ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

टोलीमा पुरुषतर्फ आशिष फुयाँल र महिला तर्फ कैलालीकी कुसुम पाण्डे मुख्य खेलाडीको रुपमा रहेका छन् । साथै, अन्य खेलाडीमा धनबहादुर बोगटी, भिमदत्त पाण्डेय, राजिव कार्की, जितबहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाई सहभागी छन् ।

आषिश फुयाँलले २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबिच बिदाइ गरेका थिए ।

Skip This