काठमाडौं, ११ भदौ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसँग आइतबार भेटवार्ता गरेका छन् ।
सो अवसरमा डा केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता लिन समिने व्यवस्था मिलाउन आग्रह गरे । केसीले भने,नियमावलीमा समेटिने प्रावधानले भविष्यमा कुनै पनि अप्ठ्यारो नहोस् र सजिलै नागरिकता प्राप्तीको बाटो खुलोस् भन्ने हाम्रो अपेक्षा हो ।’
सो अवसरमा सचिव भट्टराईले आफूहरु सकेसम्म सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल नियमावली निर्माणको अन्तिम चरणमा रहेकोले गैरआवासीय नेपाली संघबाट प्राप्त सुझावहरुलाई पनि समेटेर यथाशक्य छिट्टै नियमावली ल्याउने तयारीमा रहेको उनको भनाई थियो । भेटमा यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई समेत उपस्थित थिए ।




प्रतिक्रिया