Logo

आजपा अध्यक्ष प्रभु साहले भेटे प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं, १५ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भेटेका छन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेर अध्यक्ष साहले सफल कार्यकालको लागि शुभकामना दिएको जनाएका छन् ।

साहले पछिल्लो समय १७ वर्षअघिको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गरेका छन् । उनले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाएर छाड्ने उद्घोष गरेका छन् । यो बीचमा सरकार र गौर हत्याकाण्डका पीडितबीच पाँच बुँदे सहमति भएको छ । तर, जनता समाजवादी पार्टीले भने उक्त सहमतिमा आपत्ति जनाएको छ ।

साहले भने सरकारले पीडितलाई न्याय दिन आनाकानी गरेको र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्नो पदको चिन्ता गरेर पीडितलाई न्याय दिलाउनको लागि ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot