पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे कमल थापा


काठमाडौं, भदौ १६ । पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।

मुटुमा असजिलो महसुस भई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना भएका पारसको स्वास्थ अवस्था बुझ्न ‍कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका हुन्।

अस्पतालमा अध्यक्ष थापासँग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि रहेका थिए। महामन्त्री बर्तौलासँगै अस्पताल पुगेका उनले पारसको स्वास्थ्य लाभको कामना गरेका छन्। अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था समान्य रहेको आजै डिस्चार्ज हुनेछ।