काठमाडौं,२९ भदौ । सभामुख देवराज घिमिरेले इलाम निर्वाचन क्षेत्र २ खाली भएको जानकारी गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि निर्वाचन क्षेत्र इलाम–२ रिक्त रहेको जानकारी बैठकमा गराएको छ । नेम्बाङको गत मंगलबार ७१ वर्षको उमेरमा निधन भएको थियो उनको हिजो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । भने, हिजाको संघीय संसद्को दुबै बैठकले शोक प्रस्ताब पारित गरेको थियो ।
नेम्वाङको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा अब उपनिर्वाचन हुनेछ ।




प्रतिक्रिया