Logo

रामेछापमा एमाले-कांग्रेस परित्याग गरी एक सय ५० जना नेता/कार्यकर्ता माओवादीमा प्रवेश



काठमाडौं, ३१ भदौ । रामेछापमा एमाले–कांग्रेस परित्याग गरी एक सय ५० जना नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई बागमती प्रदेश सभा सदस्यसमेत रहेका माओवादी नेता युवराज चौलागाईँले पार्टीमा स्वागत गरेका थिए ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत हिजो (शनिबार) सुनापति गाउँपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरिएको प्रदेश सभा सदस्य चौलागाईँले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot