Logo

आजपाद्वारा भन्सार विभाग घेराउ, नियमावलीबाट पुरस्कारको ब्यवस्था हटाउन माग



काठमाडौं, ३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभाग घेराउ गरेको छ । भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको ब्यवस्था खारेजको माग गर्दै आज (आइतबार) भन्सार बिभागमा ज्ञापनपत्र बुझाएको हो ।

भन्सार बिभागलाई घेराउ गर्दै आजपाका नेताहरुले भन्सार कार्यालय घेराउदेखि भन्सार बिभागमा धर्ना बस्नेजस्ता संघर्षका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । काठमाडौंको थापाथलीबाट निस्केको जुलूसले कथित पुरुस्कारको नाममा राजस्व लुटने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५% कमिसन खारिज गर, भ्रष्टाचारीलाई कारवाई गर, जस्ता नाराहरु लगाएका थिए ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी/निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३०% र त्यसको सुराक दिनेलाई १५% गरी कुल रकमको ४५% रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । यसरी संसदलाई छलेर नियमावलीमार्फÞत देशको राजस्वलाई व्यक्तिको खातामा पुर्याउनु जघन्य अपराध भएको आजपाका भनाई छ । आजपाका वरिष्ठ उपाध्यक्ष बद्रि न्यौपानेले उक्त देशहितविपरितको व्यवस्थालाई तुरुन्त संशोधनको लागि पार्टीले माग गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot