Logo

शिक्षा विधेयकप्रति शिक्षक महासंघको २०बुँदे विमति, वार्तामा आउन सरकारको आग्रह



काठमाडौं, ३१ भदौ । संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासंघले २० बुँदे विमति राखेको छ ।

महासंघले शिक्षा विधेयकमा उल्लेख भएका विषयमा विमति जनाउँदै आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौं केन्द्रीत आन्दोलनमा ल्याउने घोषणा गरिसकेको छ ।

महासंघले शिक्षकको स्थायी नियुक्तिदेखि निजी विद्यालयसम्मका शिक्षकको माग र मुद्दा विधेयकमा सम्बोधन गर्नपर्ने माग राखेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आग्रह गरेको छ । विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको शिक्षा सचिव सुरेश अधिकारीले बताए ।

यस्ता छन् २०बुँदे विमतिहरुः



प्रतिक्रिया दिनुहोस्

Screenshot