Logo

महामन्त्री शर्मा र युवा नेता पौडेलले पत्याएनन् शेखर समूहलाई



काठमाडौं,२ असोज । नेपाली कांग्रेसको इत्तर समूहले बोलाएको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी भएनन् । भेलामा महामन्त्री शर्मा र युवा नेता पौडेललाई पनि निम्तो थियो । तर, यसअघि अर्कै समूहका रहेका नेताद्वय आजको बैठकमा सहभागी हुने आकलन गरिएपनि उनीहरु अन्ततः बैठकमा सहभागी भएनन् ।

पछिल्लो समय कांग्रेसभित्र शेखर कोइराला र अर्का महामन्त्री गगन थापा सरकार परिवर्तनको पक्षमा लागेका छन् । कोइरालाले त सार्वजनिक रुपमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले ४ गते हुने बैठकमा आफूहरुको अडान के हुने भन्ने बारेमा छलफल गरेको थियो । पार्टीको चौधौं महाधिवेशनमा शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर जित हासिल गरेको थिए । पौडेलले सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेपनि उनी असफल भएका थिए ।

पछिल्लो समय संसदीय दलको नेता परिवर्तन गरेर महामन्त्री थापालाई प्रधानमन्त्री बनाउन प्रयासरत देखिएको महामन्त्री शर्मा र युवा नेता पौडेल आजको बैठकमा सहभागी हुने धेरैको आलन थियो । तर, शर्माले आफू पार्टीको महामन्त्रीको जिम्मेवारीप्रति सजग रहेको उल्लेख गर्दै भेलामा सहभागी नहुने संकेत गरिसकेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot