Logo

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी



काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई यसको व्याख्याका लागि भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको हो ।

अधिवक्ता स्वागत नेपाललगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजालसले कम्तीमा तीन जना एमिकस क्युरी पठाउन भनेको हो ।

षड्यन्त्र गरी विदेशी प्रभावमा परी नेपाली, भाषा, संस्कृति र परम्पराको अन्त्य गर्न उक्त शब्द शब्दकोशबाट झिकिएको भन्दै रिट दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot