Logo

भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरू (फोटोफिचर)



काठमाडौं, ४ असोज । काठमाडौंको प्रमुख प्रदर्शनीमार्ग भृकुटीमण्डपमा दशैं जुत्ता मेलाको शुभारम्भ भएको छ । नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलाको उद्घाटनकै दिन ग्राहकहरुको बाक्लो उपस्थिति रहेको मेला आयोजकले जनाएको छ । मेला असोज २ गते उद्घाटन गरिएको हो ।

मेलामा शिखर सुज, शु–ल्याण्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी कलेक्सनलगायतका ब्राण्डहरु सहभागी छन् । भृकुटीमण्पमा हरेक वर्ष दशैं, तिहारको अवसरमा जुत्ता मेला लाग्ने गरेको छ । यस वर्षपनि दशैं आउन एक महिनाअघि नै मेलाको उद्घाटन गरिएको छ । मेला आगामी कार्तिक ४ गतेसम्म चल्नेछ ।

तस्विर : अरूणजंग कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot