काठमाडौं, ६ असोज । वरिष्ठ फोटो पत्रकार मुकुन्द बहादुर कालिकोटे माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिताबाट पुरस्कृत भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंमा आयोजित एक समारोहबीच पत्रकार कालिकोटेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले उक्त १० हजार राशिको पुरस्कारबाट पत्रकार कालिकोटेलाई पुरस्कृत गरेका हुन् । पत्रकार कालिकोटे रिपोर्टर्स नेपाल डटकमका वरिष्ठ फोटो पत्रकार हुन् । उनलाई दिईएको उक्त पुरस्कार पूर्व सशस्त्र प्रहरी नायब महानिरिक्षक माधव थापाको नाममा स्थापित पुरस्कार हो ।





प्रतिक्रिया