काठमाडौं, ९ असोज । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन जारी रहेको छ । हिजो (सोमबार) बाट सुरु भएको अधिवेशनको निर्वाचन प्रक्रिया भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ ।
आज प्रज्ञा भवन कमलादीमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पदाधिकारी चयनका लागि भोलि (बुधबार) बिहानबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रक्रिया सुरु हुनेछ ।
नेतृत्व छनोटका लागि सर्वसम्मत प्रक्रिया अपनाउने एमालेको तयारी छ । बागमती प्रदेशको अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, केन्द्रीय सदस्य कैलाश ढुंगेल र कृष्ण प्रसाद दाहाल, सानुकुमार श्रेष्ठ लगायत आकांक्षी रहेका छन् ।




प्रतिक्रिया