Logo

दैनिक २० किलोसम्म सुन आयात गर्न बैंकहरुलाई अनुमती



काठमाडौं, असोज १२ । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ ।
कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।



प्रतिक्रिया दिनुहोस्