मन्त्री महत भन्छन्, ‘गृहले के आधारमा आममाफी सिफारिस गर्यो ? मलाई थाहा छैन’


काठमाडौं, १९ असोज । अर्थमन्त्री प्रकाशशरण महतले रिगल भनिने योगराज ढकालको आममाफीको बारेमा आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकमीसँग कुराकानी गर्दै उनले आममाफीको विषय आफूले अहिलेसम्म बुझ्न नपाएको बताएका हुन् ।

‘आममाफीको विषयमा मलाई केही थाहा भएन । गृहले के आधार बनाएर राष्ट्रपति कहाँ पुर्यायो ? सबै नबुझी बोल्न भएन । म बुझ्दै छु,’– उनले भने ।